केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको गठबन्धन विजय

106

दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको गठबन्धनले नगर प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ ।

गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका राम थापा नगर प्रमुखमा नेकपा (एमाले)की उम्मेद्वार गीता अधिकारीलाई हराउँदै विजयी हुनुभएको हो । थापाले १७ हजार ५५ मत ल्याउनुभएको छ भने निकटतम प्रतिस्पर्धी अधिकारीले १६ हजार ९६६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिनुभएकी रेगिना भट्टराई विजयी हुनुभएको छ । नेपाली काँग्रेसकी नेत्री भट्टराईले नेकपा एमालेका उम्मेद्वार अम्बिका खनाललाई हराउँदै विजयी बन्नुभएको हो । भट्टराई १७ हजार ७२ मत प्राप्त गरेर विजयी बन्नुभएको हो । निकटतम प्रतिस्पर्धी खनालले १६ हजार ५७४ मत प्राप्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here