काठमाडौं । रुसी आक्रमणबाट युक्रेनको पूर्वी क्षेत्र डोनबसलाई नर्कमा परिणत गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रुसले बमबारीबाट उक्त क्षेत्रलाई नरक बनाएको जेलेन्स्कीले बताएका हुन् । युक्रेनको राजधानी किभलाई कब्जा गर्ने प्रयास असफल भएपछि रुसले डोनबसलाई ध्वस्त पारेको थियो । त्यस क्रममा रुसी सेनाले डोनबसका थप इलाकालाई ध्वस्त पारेको थियो ।
यसै सन्दर्भमा जेलेन्स्कीले गत बिहीबार आफ्नो सम्बोधनको क्रममा ती क्षेत्रलाई रुसले ‘नर्क’ बनाएको टिप्पणी गरेका हुन् । ‘कब्जा गर्नेहरूले थप बल प्रयोग गरिरहेका छन् । त्यो नर्क बनेको छ। जुन कुनै अतिशयोक्ति हैन,’ जेलेन्स्कीले आफ्नो सम्बोधनमा भनेका छन् ।
यस क्रममा उनले लुहान्स्क क्षेत्रको सेभरोडोनेस्क सहरमा रुसले गरेको अर्थहीन र क्रुर बमबारीमा १२ जना स्थानीय मारिएको पनि बताए । उनले भनेका छन्, ‘मध्य युक्रेनको ओडेसा क्षेत्रस्थित सहरमा निरन्तर हमला भइरहेका छन्। डोनबास पूर्ण रूपमा नष्ट भएको छ।’

















