नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसकाे जित

144

काठमाडौं । नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

नि-वर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १ सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका हुन्।

उनले नेकपा एमालेका नन्दन हरि गौतमलाई १८०० मतान्तरले हराए। गौतमले ८ हजार ३६८ मत पाएका छन्।

यस्तै राप्रपाका उम्मेदवार ध्रुव प्रसाद खनालले २४६९ मत पाएका छन्।

उपमेयरमा भने नेकपा एमालेले बाजी मारेको छ। एमालेकी उम्मेदवार सुशिला अधिकारीले ९४७४ मत ल्याएर विजयी भइन्।

उनकी निकटतम प्रतिद्वन्द्वी राप्रपाकी कल्पना नेपालीले २७५३ मत पाइन्। कांग्रेससँग गठबन्धन गरेको नेकपा समाजवादीका कृष्णहरि खत्रीले २१२६ मत पाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here