काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको दिनको सम्झनामा प्रत्येक वर्षको मे २९ का दिन एभरेष्ट डे मनाइन्छ ।
सन् १९५३ को मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई एभरेष्ट डेको रुपमा विश्व भरी नै मनाइने गरिन्छ ।
शुक्रवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कलाकारहरु सुगम पोखरेल, मिलन नेवार, तृष्णा गुरुङ, सुवानी मोक्तान डिजे तेन्जिङ, विश्व दोङ, जेनी शेर्पा, छिरिङ वाङछु शेर्पाका साथै स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुत दिने छन् ।
हरेक वर्ष सगरमाथा आरोहणका लागि देश तथा विदेशका विभिन्न ठाउँहरुबाट आएका हजारौं पर्यटकहरुर्लाइ मनोरञ्जन प्रदान गर्नका लागि यो वर्ष पनि उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
नाम्चे युवा समुह तथा पार्टी एभरेष्ट इन्टरनेशनलको संयुक्त आयोजनामा यही मे २९ अर्थात जेठ १५ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सांगीतिक कार्यक्रम तथा डिजे सेसन सञ्चालन गरिने पार्टी एभरेष्ट इन्टरनेशनलका पासाङ छिरिङ शेर्पाले बताएका छन् ।
उक्त कार्यक्रममा सोलुखूम्बुको नाम्चेबजारस्थित हिमाल आधारभूत विद्यालयको प्रांगणमा आयोजना हुनेछ ।

















