तारा एयर विमान दुर्घटनामा १४ जनाको शव फेला

105

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ।  प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी नै छ। विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन।   नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्दार कार्यमा खटिएका छन् ।

प्राधिकरणले एयर डाइनेस्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्दार कार्य भइरहेको जानकारी पनि दिएको छ।   विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका-२ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो।  -न्युज कारखाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here