सुन तोलामा ४ सय रुपैयाँका दरले बढ्याे

75
काठमाडौं । विहीबार सुनचाँदीको मूल्यमा वृद्धि  भएको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १२ सय ५० बाट बढेर १२ सय ६५ रुपैयाँ पुगेको छ ।

हिजो छापाव सुनको छापावल मूल्य ९७ हजार २ सय र तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ तथा चाँदीको मूल्य १२ सय ५० रुपयाँ प्रतितोला थियो ।

हिजो सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here