असारमा छैटौं संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड २०७८’ असार हुने

87

कास्की । छैटौं संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड २०७८’ असार १८ गते शनिबार हुने तय भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा पोखरा रंगशालामा बसेको तेस्रो पूर्ण बैठकबाट अवार्ड कार्यक्रम विश्व खेलकुद पत्रकार दिवसको सन्र्दभ पारेर गर्ने निर्णय भएको महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो । अर्वाडको मिति घोषणा गरिएसँगै कार्यक्रमलाई भव्य बनाउन तयारी तिव्र पारिने महासचिव पौडेलको धारणा छ ।

अवार्ड कार्यक्रमलाई थप व्यवस्थित बनाउन मञ्चका अध्यक्ष दीननाथ बरालको संयोजकत्वमा मुल आयोजक समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी, अवार्ड कार्यक्रमलाई आर्कषक बनाउन सल्लाह सुझाव लिन जेठ २८ गते मञ्चमा आवद्ध सदस्यहरुको बीचमा वृहत्त भेलाको आयोजना तय भएको पनि महासचिव पौडेलले जनाउनुभयो ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको अध्यक्ष दीननाथ बरालको धारणा छ ।

‘‘खेल क्षेत्रमा अगाडि बढ्ने खेलाडीलाई उत्प्रेरणा प्रदान गर्नको लागि अवार्ड कार्यक्रम गर्न लागेका हौं, सबैको साथ र सहयोगमा अवार्ड कार्यक्रमलाई सम्पन्न गर्नेछौं,’’ अध्यक्ष बरालले भन्नुभयो । गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको अवार्ड कार्यक्रममा सहयोग गर्न सबै खेलप्रेमी महानुभावलाई उहाँले आग्रह गर्नुभयो ।

पोखरा सभागृह हलमा हुने कार्यक्रममार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ ।

अवार्ड कार्यक्रमको थप आर्कषणमा सांस्कृतिक कार्यक्रम समेत रहनेछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो । मञ्चमा गण्डकी प्रदेशका ५६ जना पत्रकार आवद्ध छन् । मञ्चले २०७३ सालबाट अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here