सधैँ ‘डिजे’ सङ्गीत घन्किने ‘एलओडी’ मा ‘कुटुम्ब’ काे साङ्गीतिक प्रस्तुति हुने

90

काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लबमा शनिबार साङ्गीतिक समूह ‘कुटुम्ब’ आफ्नो प्रस्तुति दिनुहुने भएको छ । सधैँ ‘डिजे’ सङ्गीत घन्किने यस पटक लोकधुन गुञ्जिनेछ ।

पञ्चेबाजा, धिमे, सारङ्गी, मुरली र मादलको धुनले क्लबको माहोल फरक हुने आयोजकले जनाएका छन् । कुटुम्बले सोही दिन स्थानीय लोकबाजाको प्रयोग गरिनेछ ।

साे ब्यान्डले च्याब्रुङ, धां, धिमे, बाँसुरी सारङ्गी, तुङ्ना अर्बाजो, पञ्चेबाजा, मादल, धिमे, सारङ्गी र मुरली जस्ता बाजा प्रयोग गरी आफ्नो साङ्गीतिक समूहलाई अगाडि बढाइरहेका छन् ।

देशमा  रहेका विभिन्न जातजातिले प्रयोग गर्ने उक्त बाजा कुटुम्बले प्रयोग गर्दै आइरहेका छन् । प्रायः जसो नेपालका माैलिक लोकप्रिय बाजा बजाएर बिश्वभर प्रचार प्रसार गर्नमा कुटुम्बकाे अतुलनीय याेगदान समेत रहेकाे छ ।

साे ब्यान्डमा  राजु महर्जन अरुण मानन्धर, रुबिन श्रेष्ठ, राजु महर्जन, सिद्धार्थ महर्जन, पवित्र महर्जन, किरण नेपाली रहेका छन् भने ब्यान्ड म्यानेजर अरुण गुरुङ स्टेज म्यानेजर, निरज महर्जन रहेका छन् ।

नेपाली सङ्गीत क्षेत्रमा फरक शैलीको धुन बजाएर नाम बेग्लै पहिचान बनाएको समूहले नेपाली बाजाको संरक्षण, सम्बद्वन, प्रबद्वन तथा उत्थान समेत गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here