माझीले फेला पारे एलियन जस्तै जीव

302

भन्ने गरिन्छ, समुद्रको तटमा के लुकेको हुन्छ कसैलाई थाहा हुँदैन । रुमा भएको एउटा घटनालाई लिने हो भने यो कुरा पुष्टि पनि हुन्छ । रुसका माझीहरुले माछा मार्ने क्रममा समुद्रबाट केही रहस्यमय जीवनहरु फेला पारेका छन् । कतिपयले ती जीवलाई एलियन भनिरहेका छन् ।
रुसका एक जना माझीले समुद्रमा यस्तो जीवन फेला पारेका छन्, जसलाई देखेर जो कोही पनि आश्चर्यमा पर्ने गरेको छन् । जसलाई हालसम्म कसैले देखेका थिएनन् । एलियन जस्तै देखिने उक्त जीवलाई रोमन फेडोर्डसव नाम गरेका माझीले फेला पारेका थिए । उनले समुद्री माकुरा देखि खतरनाक मानिने घोष्ट शार्कलाई समेत जालमा पारिसकेका छन् । ती माझीले आश्चर्यजनक जीवका तस्वीरहरु माइक्रो ब्लगिङ साइट ट्वीटरमा शाखेका थिए । जुन तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनी भन्छन्, समुद्रबाट एलियन जस्तै लाग्ने जीवलाई समाएपछि उनी आफै गहिरो सोचाईमा परेका छन् । कतिपय जीवहरुत यति धेरै खतरनाक हुन्छन् कि पुनः ती जीवलाई छुन समेत डर लाग्ने गर्छ । उनको काम निकै खतरनाक छ । तर उनलाई यसो गर्दा मजा आउने गर्छ । यस्ता खतरनाक जीवहरुलाई एक पटक समाएपछि उनी यसलाई बीचमै छान चाहदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here