लैनचौरका छोटे राजाप्रतिको कस्तो आशक्ति हो यो ?

335

राज्यलक्ष्मी शाक्य
नेपाली राजनीतिमा एउटा अनौठो प्रवृत्ति छ । त्यो के भने, नेपाली नेताहरु आफू जति नै परिपक्क भएपनि वा महत्वपूर्ण पदमा आसिन भएपनि कुनै महत्वपूर्ण निर्णय गर्दा होस वा विषम परिस्थितिमा नै किन नहोस् उनीहरु आफूलाई सधै कमजोर ठान्ने गर्छन् । यो परम्परा अहिले आएर स्थापित भएको होइन बरु व्यक्ति र चरित्र भने परिवर्तन भएको हो । यति धेरै भूमिका बाँधीसकेपछि पाठकहरुले बुझिसक्नुभयो होला । अवश्य पनि तपाईहरुको मूल्यांकन मिल्यो होला, त्यो हो नेताहरुमा हरुको मुख ताक्ने प्रवृत्ति । जतिबेला नेपालमा राजतन्त्र अस्थित्वमा थियो त्यति बेलासम्म नेपाली नेताहरुको बास राजदरबारमा बिन्ति चढाउने र दरबारको आदेश शिरोधार्य गर्ने प्रवृत्ति थियो । हाल नारायणहीटी दरबार संग्रालय बनिसकेको छ भने तत्कालीन राजा पूर्व राजा बनिसकेका छन् । तर अहिले नेपाली राजनीतिक नेतृत्वहरुका लागि आदेश पालनाका लागि नयाँ दरबार दरबार खडा भएको छ । त्यो हो लैनचौर दरवार अर्थात भारतीय दुतावास । हुन त भारतीय दुतावासले राजतन्त्र हुँदै देखि आफ्नो रवाफ देखाउँदै आएको थियो । तर तत्कालीन राजाका सामु उसको कुनै जोड चल्दैन थियो र रवाफ पनि । राजतन्त्रको अन्त्य पछि भने लैनचौर दरबारको शक्ति, भूमिका र रवाफ ह्वात्तै बढेको छ । नबढोस पनि किन ? जब मुलुककै कार्यकारीले समेत सानो समस्या पर्दा लैनचौर दरबारको शरणमा पर्छन ? हो सत्य हो, अहिले लैनचौर दरबार विगतमा राजा महाराजाहरुहरुकै शैलीमा विकास हुँदै गइरहेको छ । बहालवाला प्रधानमन्त्री देखि पूर्व प्रधानमन्त्रीहरुको दुःख बिसाउने आश्रयस्थल लैनचौर बनिरहेको छ । देशकै कार्यकारीले त दुःख बिसाउँछन भने अरुको त के कुरा ? त्यसैले लैनचौर दरबारका राजाको चुरीफुरी पनि कम छैन ।
नयाँ संविधान निर्माण प्रक्रियाका बेला लैनचौरका राजाको आदेशलाई सुनिदिने निकै कम थिए । सिधै दिल्ली दरबारको आदेशको समेल उल्लंघन भएकाले लैनचौरका छोडे राजा लगभग प्रभाव शुन्य अवस्थामा थिए । तर हरुको अर्ति उपदेश र आदेशमा चल्ने हाम्रा नेताहरुलाई आफै मालिक बन्ने अवसर कुकुरलाई घिउ नबचेजस्तै भयो । अन्ततः संविधान निर्माणका बेला टुटेको लैनचौर र राजनीतिक नेतृत्वको सम्बन्ध आफैले हस्तक्षर गरेको संविधान अपुरो भएको भन्दै संशोधनका लागि तयार भएसँगै पुन जोडिएको छ । कामचलाउ संसदलाई अधिकार नै नभएको सीमांकनको हेरफेर होस् वा भाषा, नागरिकता लगायतका विषयहरु संशोधनका विषयहरु नै किन नहोउन, योजना बनाउने र आदेश दिने काम लैनचौरबाटै भएको प्रष्ट छ । जसलाई कार्यान्वयन गराउनका लागि दलका शीर्ष नेता देखि प्रधानमन्त्रीसम्म कम्मर कसेर लागिरहेका छन् । लैनचौरका छोडे राजाको आदेशका सामु आफ्नै पकड भएका वा निर्वाचनमा सम्भावित जित भएका ठाउँहरुलाई पनि सहजै त्याग्न तयार छन् । किनकि जनताले निर्वाचित गर्दैमा महत्वपूर्ण पद पाउने कुनै ग्यारेन्टी छैन तर लैनचौर वा दिल्ली दरबारले चाहेमा हारेपनि फरक पर्दैन । त्यसैले जनताले राजा मानेका दलका नेताहरु छोटे राजालाई महाराजा मान्न तयार भएका छन् ।
जनताले मानेका नेता मानेका तर आफैले लैनचौरको प्रजा मानेकाहरुले सोच्न जरुरी छ, देश र जनताभन्दा ठूलो कोही र केही छैन । एउटा स्वतन्त्र देशको नेतृत्वले के गर्न हुन्छ के गर्न हुँदैन भन्ने विषयमा गम्भीर हुन आवश्यक छ । अन्यथा एउटा स्वतन्त्र देशको प्रधानमन्त्रीले नपुगेर दिल्ली दरबारको भरोसा गर्दा देशै नरहेको र जीवनको उतार्धमा छिछि दुर्दुर भएर मनुपरेको लेन्ड्रुपको अवस्था अहिले पनि ताजै छ तिमिहरुको पनि लेन्ड्रुपकै मरण हुने छ । समयमै सचेत बन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here