धनगढी उपमहानगरपालिकाकाे बजार क्षेत्र जलमग्न

157

धनगढी । दुई दिनदेखिकाे अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाकाे बजार क्षेत्र जलमग्न भएकाे छ ।

उपमहानगरपालिकाकाे वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएका हुन् ।

धनगढीमा पानीकाे निकास नहुँदा बर्सेनि सामान्य वर्षामासमेत जलमग्न भएपछि स्थानीयवासीले डुबानकाे समस्या भाेग्ने गरेका छन् ।

धनगढीमा मंगलबारदेखि परिरहेको पानी बिहीबार बिहानसम्म राेकिएकाे छैन । वर्षा नराेकिएमा नगर क्षेत्र डुबानमा पर्ने चिन्ता व्यक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here