धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ रोलर किन्दै

53

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्ने बताएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत प्रमुख साम्पाङले यस्तो घोषणा गरेका हुन । उनले प्रमुख चढ्न भनेर किनिएको स्कर्पियो गाडी बेचेर सडकको खाल्डाखुल्डी पुर्नका लागि उपमहानगरको आफ्नै रोलर किन्ने बताएका झन ।

प्रमुख साम्पाङले आफ्नो उक्त प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको पनि बताएका छन । उनले भनेका छन, ‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो । आज कार्यपालिकाले ताली बजार अनुमोदनसमेत गरिदिएको छ, जय धरान।’ प्रमुख साम्पाङ आफ्नै मोटरसाइकल चढेर कार्यालय आउने र जाने गरिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here