नेपालले साफ यु–२० च्याम्पियनसीपमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित

78

काठमाडौं । नेपालले साफ यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ।  भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो।   दिपेश गुरुङले खेलको ४२ औँ मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोल गरेको नेपालले खेलको दोस्रो हाफमा तीन गोल थपेको हो।

खेलको ५८ औँ मिनेटमा सुगम सुवाल, ६२ औँ मिनेटमा कृतिस रन्त छुन्जु र खेलको इन्जुरी समयमा मनग्य नकर्मीले गोल गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्।  प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने छ। राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल हुनेछ।  यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यो प्रतियोगिता यस पटक २० वर्षमुनिको उमेर समूहमा गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here