काठमाडौं । ह्याउँनिभाः र ग्लोबल नेपाल नेटर्वकको संयुक्त आयोजनामा भएको सितामाजुको स्मरणमा (नेपालभाषा म्येकासा ने.सं. ११४०) गायन प्रतियोगिता साेमेिनयर ग्यालेरि क्याफे लसता मार्ग साेल्टि माेडमा आइतबार सम्पन्न भएको छ ।
यो कार्यक्रममा संघीय मामीला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको प्रमुख अतिथि, विशेष अतिथि महिला नेतृ एवम् पूर्वमन्त्रीसमेत रहेका हिसिलाको उपस्थिति रहेको थियो ।
सामाजिक संजालमा भएको गायन प्रतियोगितामा सहभागिता जनाएकाहरुलाई सबैलाई मायाको चिना प्रदान गरिएको थियो ।
कार्यक्रममा नेवार भाषा संगीतको प्रवद्र्धन गर्ने संस्थालाई मायाको चिनो तथा प्रमारण पत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा ग्लोबल नेपाल नेटवर्कका संयाेजक सुनिल कुमार शाक्यले संगीत भनेकाे दुखः र सुखमा चाहिने साधन हाे, जसले जीवनमा अघि बढ्नका लागि मद्दत गरेकाे हुन्छ भनी धारणा राखे ।
एस टेलिभिजनका अध्यक्ष अनुपसिं सुवालले नेपालभाषाकाे सांगीतिक क्षेत्रकाे विकासका लागि आगामी दिनमा यस्तै कार्यक्रमकाे आयाेजना गरिने जनाए । विशेष अतिथि महिला नेतृ एवम् पूर्वमन्त्री हिसिला यमिले काठमाडौं उपत्यकाका नेवार समुदायले नेवार भाषा बाेल्न छाेडेपनि बिदेशमा रहेकाहरुमा भाषिक माया रहेकाे जनाउँदै भाषालाई बचाउन आर्थिक क्रान्ति गर्नुपर्नेमा जाेड दिइन् ।
विनय राजाेपाध्यायकाे एक छ्वालि एक कला प्रदर्शनी समेत गरिएकाे कार्यक्रम सफल बनाउनका लागि नेवाः एफ.एम., नेवाः एफ.एम. न्यनामि खलः, नेवाः विद्यार्थी युनियन, नेवाः काेराेके, शाेभियर हाउँस, नेवाः एकता अभियान, ह्याउँनिभा लगायतका संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।


















