बाढीका कारण डुम्री बोटे डुवान बढ्दै

124

इनरुवा । उदयपुरको बेलका नगरपालिका ८ स्थित डुम्री बोटेमा बुधबार बाँध भत्किएर बस्ती पसेको बाढीले डुवान क्षेत्र बढ्दै गएको छ । बुधबार केही क्षेत्रलाई मात्रै प्रभावित पारेकोमा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ को श्रीलंका टाप्पुु भन्ने ठाउँमा समेत बाढीको पानी फैलिएको हो ।

बेलकाबाट सप्तकोसी नदी बस्ती तिर पसे पछि करिब ३० हजार नागरिक प्रभावित भएकोमा कटान भएको १२ किलोमिटर दक्षिणमा पर्ने बराहक्षेत्र नगरपालिका ६ र ९ को श्रीलंका टाप्पुुको भाटेपुल भन्ने ठाउँको पश्चिमका बस्तीमा पनि बाढीको पानी फैलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार बाढी बस्तीमा पसेको र पस्ने खतरा कायम रहेको भएपनि मानवीय क्षती हुने सम्भावना कम रहेको छ । बाढीको पानीको क्षेत्र बढ्दै गएको भएपनि पानीको स्तर कम रहेकोले मानवीय क्षतीको सम्भावना कम रहेको तर पनि सुरक्षाकर्मी र उद्धार टोली तैनाथी अवस्थामा राखिएको यादवले बताउनुुभयो ।

यादवका अनुसार बुधबार मात्रै प्रदेश नंम्बर १ सरकारको प्रदेश स्तरीय बिपत व्यवस्थापन समितिको बैठकले उदयपुरको कोसी कटान क्षेत्रमा उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको थियो ।

व्यवस्थापन समितिका संयोजक प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको थियो । बैठकले कोसी कटानलाई नियन्त्रण गर्ने कोसी, बक्रम नदी नियन्त्रण कार्यालय मार्फत तत्काल सुरु गर्ने, उद्धार तथा राहतमा प्रदेश स्तरीय विपत व्यवस्थापन समिति, जिल्ला स्तरीय विपत व्यवस्थापन समिति र नगर स्तरीय बिपत व्यवस्थापन समितिले समन्वय गरेर काम गर्ने निर्णय भएकोले सोही अनुसारको कार्यमा आफूहरु जुटेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले गोरखापत्रसंग कुराकानी गर्नुहुँदै जानकारी दिनुभयो ।

त्यस्तै बाढीको जोखिमा र प्रभावित भएका बस्तीका स्थानीयलाई हस्तान्तरण गरी सुरक्षित रूपमा बसोबास गराउन वडा स्तरीय व्यवस्थापन र टोल विकास समितिहरूलाई परिचालन गर्ने निर्णय भएको छ । त्यस्तै सरोकारवाला पक्षसँगको समन्वय र सहयोग लिएर काम गर्नेछ । अस्थायी बसोबासका लागि विद्यालय, त्रिपाल, खाद्य र गैरखाद्य, शौचालय, सुरक्षाको व्यवस्थापनका लागि गर्ने निर्णय भएको छ । बैठकमा प्रदेश नं १ का सडक, यातायात भौतिक पुर्वधार मन्त्री हिमाल कार्की, उदयपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, सुनसरी प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराम दाहाल, बेलका नगरपालिका प्रमुख अशोक कार्की, सुनसरीको वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, सप्तरीको सप्तकोशी नगरपालिका प्रमुख, कञ्चनपुर नगरपालिका प्रमुख, ३ वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थित रहेको थियो ।

बाढीबाट जोखिममा र प्रभावित भएका स्थानीयहरूलाई सुरक्षित स्थानमा ल्याउने कार्य विहीबार विहानैदेखी जारी रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी , सेनाको टोली उद्धारमा लागिपरेको प्रजिअ यादवले बताउनुभयो । जोखिमा परेका स्थानीयहरूलाई बेलका नगरपालिकामा रहेका विद्यालयमा राख्ने व्यवस्था मिलाइएको छ ।

कोसीमा बाढीको सतह बढेपछि उदयपुरको बेलका सहित , चौदण्डिगढी नगरपालिका, सप्तरीको सप्तकोसी, कञ्चनपुर र सुनसरीको वराहक्षेत्र नगरपालिको श्रीलंका टप्पुका २० हजार परिवार जोखिममा परेका छन् ।

बाढी प्रभावितको उद्धारका लागि सात वटा बोट र १५ बढी नाउँ परिचालन

गोरखापत्रसंग कुराकानी गर्नुहुदै बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले आफ्नो पालिकाको १० हजार हेक्टर क्षेत्रफल जग्गा डुबानको जोखिमा रहेको र सुनसरीको दुई वटा वडा तथा सप्तरीको केही वटा गरि १५ हजार हेक्टर क्षेत्रफल जग्गा डुबानको खतरामा रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here