चीनमा नोबल लांग्या हेनिपा भाइरस नयाँ भाइरस देखियो

73

एजेन्सी । चीनमा फेरि अर्को नयाँ भाइरस देखिएको छ । जनावरबाट मानिसमा सर्ने एक नयाँ भाइरस पुष्टि भएको हो ।

चिनियाँ वैज्ञानिकहरूले विभिन्न ३५ जनामा त्यस्तो संक्रमण पुष्टि भइसकेको जनाएका छन् । नोबल लांग्या हेनिपा भाइरस (लेभी) नाम दिइएको यो भाइरस साङदेङ र हेनान प्रान्तमा देखिएको हो ।

न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्टअनुसार श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावरमा यो भाइरस २७ प्रतिशत पाइएको छ । कुकुरमा पाँच प्रतिशत र बाख्रामा दुई प्रतिशत पाइएको छ ।

लेभी जुनोटिक भाइरस हो । यो भाइरसबाट संक्रमितहरूमा ज्वरो आउने, खोकी लाग्ने र थकाइ लाग्ने जस्ता लक्षणहरू देखिएको छ । अनुसन्धानकर्तामध्येका एक वाङ लिफाले चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग कुरा गर्दै यो भाइरस घातक नभए पनि यसप्रति सजग रहँदै नजिकबाट निगरानी गर्नुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here