सेरेनाले २७ वर्षको लामो करियर समाप्त गर्नेतिर अग्रसर

29

अमेरिकी लिजेन्ड खेलाडी सेरेना विलियम्सले टेनिसको सुनौलो करियर समाप्त गर्ने संकेत देखाएकी छन् । २३ ग्रान्डस्लाम उपाधि जितेकी सेरेनाले यही वर्षमा हुने यूएस ओपनपछि -याकेटलाई आराम दिने बताएकी हुन् । उनको यो कदमपछि सदाबहार टेनिस खेलाडीमध्ये एक उनीविनाको टेनिसको चर्चा गर्नु पनि कठिन नै हुनेछ ।

२७ वर्षको लामो करियरमा सेरेनाले सफलता धेरै प्राप्त गरेकी छन् । शुरुमा टेनिसमा आउँदा उनको कालो वर्ण र मोटो जिउमा दर्शकलाई त्यति चासो थिएन । तर, उनको सानदार खेल र उपाधि जित्दै गएपछि सेरेनालाई मनपराउन थाले । सेरेना दर्शकबीच लोकप्रिय भएपछि दर्शकका लागि उनी विनाको प्रतियोगिता खल्लो लाग्नसमेत थालेको थियो ।हाल ४० वर्षमा टेकेकी सेरेना आमा पनि हुन् । उनको विवाहपश्चात् कोर्टमा कम देखिन थालिएको छ । विवाहपछि उनीमाथि अर्को जिम्मेवारी पनि थपियो । श्रीमान्ले पनि उनलाई साथ दिइरहेको उनको भनाइ रहेको छ । तर, बच्चा जन्मेपछि उनलाई कोर्टभन्दा पनि बच्चा नै मनपरेको उनले बताएकी छन् ।

सेरेनालाई कोर्टमा हराउन निकै गाह्रो पनि छ । उनको सर्भिस विपक्षी खेलाडीले फर्काउन सक्दैनन् । उनको फोरह्यान्ड र ब्याकह्यान्डको पनि विपक्षी खेलाडीसँग कुनै जवाफ पनि छैन । उनीमा खेल जित्ने इच्छा गाढारूपमा छ कि उनले अन्तिमसम्म पनि कोशिस गरिरहेकी हुन्छिन् । यसैले पनि उनले २३ वटा ग्रान्डस्लाम उपाधि जित्न सफल भइन् ।सेरेना हरेक कालो वर्णका खेलाडीको लागि मात्र नभई गोरो वर्णका खेलाडीका लागि पनि प्रेरणादायक व्यक्ति हुन् । उनलाई शुरुमा यसै वर्णको कारण रंगभेदको शिकार पनि हुनुपरेको थियो । सन् २००१ मा इन्डियन्स वेल्स प्रतियोगितामा उनी र उनकी दिदी भेनसलाई दर्शकबाट रंगभेदको टिप्पणी गरिएको थियो । उनले यसलाई वास्ता नगरी फाइनलमा किम क्लाइस्टर्सलाई हराएर उपाधि जितिन् । यसपछि भने उनले यो प्रतियोगितामा खेल्न अस्विकार गरेकी थिइन् ।

सेरेनालाई प्रेरक मान्ने खेलाडी पनि धेरै छन् । अमेरिकाकै युवा खेलाडी कोको गाउफले सेरेनाकै कारण आफूले टेनिस रोजेकी बताइन् । कोको पनि कालो वर्णकी भएकी खेलाडी हुन् । ब्रिटिस नम्बर वान खेलाडी एम्मा राडुकानुले पनि सेरेना खेलमा परिवर्तन ल्याएकी खेलाडी भनेकी छन् ।

पहिलो ग्रान्डस्लाम उपाधि

सेरेनाले पहिलो ग्रान्डस्लाम उपाधि जित्दा उनको उमेर १७ वर्षको थियो । सन् १९९९ मा भएको यूएस ओपनको क्वार्टरफाइनल खेलमा उनले त्यतिबेलाकी विश्व नम्बर चार खेलाडी मोनिका सेलेसलाई हराएकी थिइन् । त्यसपछि उनले विश्व वरीयतामा दोस्रो स्थानकी लिन्डसे डाभेनपोर्टलाई हराइन् । फाइनलमा उनको सामना विश्व नम्बर एक मार्टिना हिंगिजसँग भएको थियो । सेरेनाले फाइनल खेल सीधा सेटमा जितेर करियरको पहिलो ग्रान्डस्लाम उपाधि जितिन् ।

सेरेनाले सन् २००२ को फ्रेन्च ओपनदेखि हरेक प्रमुख उपाधि जितेकी छन् । २२ वर्षको उमेरमै उनले वर्षमा हुने चारै ग्रान्डस्लाम जित्न सफल भएकी थिइन् । सन् २०१२ मा लन्डनमा भएको ओलम्पिकमा उनले स्वर्ण पदक जितिन् । उनले फाइनलमा मारिया सारापोभालाई हराउन केवल ६२ मिनेट लागेको थियो । यो रसियन खेलाडी सारापोभाको करियरको सबैभन्दा खराब हार थियो । जबकी सारापोभाले उनलाई २००४ को विम्बल्डन फाइनलमा सहजै पराजित गरेकी थिइन् । सेरेनाले सारापोभाविरुद्ध खेलेको २४ खेलमध्ये २२ वटा जित हात पारेकी छन् ।

सेरेनाले सन् २०१७ मा आफ्नो २३औं ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । उनले मेलबर्नमा भएको अस्टे«लियन ओपन जितेकी थिइन । यो उपाधि जित्दा उनी ८ साताको गर्भवती थिइन् । यो उपाधिले उनलाई सर्वाधिक ग्रान्डस्लाम जित्ने सूचीमा दोस्रो स्थानमा पु¥यायो । त्यसो त यसअघि पनि २२ ग्रान्डस्लाम जित्दा पनि उनी यो सूचीको दोस्रो स्थानमा थिइन् । फरक यति थियो कि २२ ग्रान्डस्लाम जित्ने अर्की खेलाडी पनि छिन्, उनी जर्मनीकी स्टेफी ग्राफ हुन् । यो उपाधि जितेपछि ग्राफ तेस्रो स्थानमा झरेकी छिन् ।

२४औं ग्रान्डस्लाम उपाधिको पर्खाइ

२०१७ मा अस्टे«लियन ओपन जितेपछि सेरेनाले सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने सूचीमा मार्गारेट कोर्टलाई पछि पार्ने संकेत गरेकी थिइन् । तर, २०२२ सम्म पुग्दा पनि उनले यो उपलब्धि हासिल गर्न सकेकी छैनन् । उनले यस समय अवधिमा विम्बल्डन फाइनल खेलेकी थिइन् । तर, उनी फाइनलमा एन्जेलिक केर्बरसँग हारेकी थिइन् ।

सेरेनालाई अर्को मौका पनि आएको थियो, त्यो यूएस ओपन फाइनल थियो । उनको प्रतिद्वन्द्वी थिइन एकदमै नयाँ खेलाडी नाओमी ओसाका । दर्शक आफ्नै राष्ट्रको, कोर्ट आफ्नै भए पनि उनले यो फाइनलमा जित हासिल गर्न सकिनन् । उनले गुमाएर २४ औं ग्रान्डस्लाम उपाधिको समय लम्ब्याउन बाध्य भइन् । उनले आउँदो सेप्टेम्बरमा हुने यूएस ओपनलाई अन्तिम प्रतियोगिता भनेर व्याख्या गर्न थालेकी छन् । यो उनको लागि मार्गारेट कोर्टको कीर्तिमान बराबरी गर्न अन्तिम मौका हो । यसमा कति सफल हुनेछ यो प्रतियोगिता शुरु भएपछि नै थाहा हुनेछ । अहिलेको लागि यति नै भन्न सक्छौ कि सेरेना अर्को जन्मिँदैनन् ।
सेरेना विलिम्यसः
जन्म: सेप्टेम्बर २६, १९८१ मिचिगान (अमेरिका)
व्यवसायिक करियर: अक्टोबर १९९५ मा शुरु
करियर उपाधि: ७३
ग्रान्डस्लाम उपाधि सिंगल्स: २३
अस्टे«लियन ओपन ९७०: २००३, २००५, २००७, २००९, २०१०, २०१५, २०१७
फ्रेन्च ओपन ९३०: २००२, २०१३, २०१५
विम्बल्डन ९७०: २००२, २००३, २००९, २०१०, २०१२, २०१५, २०१६
यूएस ओपन ९६०: १९९९, २००२, २००८, २०१२, २०१३, २०१४
पुरस्कार रकम आर्जन: ४ ९४,५२४,४०३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here