सलमान रुस्दीमाथि न्युयोर्कमा बोल्दाबोल्दै आक्रमण

106

विख्यात लेखक सल्मान रुस्दीमाथि न्युयोर्कमा स्टेजमै रहेका बेला आक्रमण भएको छ।  चौतौकुवा इन्स्टिच्यूटमा बोलिरहेका बेला यी ७५ वर्षीय लेखक आक्रमणमा परेका हुन्।   न्युयोर्क प्रहरीका अनुसार एक पुरुषले स्टेजमा पुगेर रुस्दीमाथि आक्रमण गरेका हुन्।  आक्रमणले रुस्दीको घाँटीमा घाउ भएको प्रहरीले जानकारी दिएको छ।  उनलाई हेलिकप्टरद्वारा नजिकैको अस्पताल लगिएको थियो। उनको स्वास्थ्य अवस्थाबारे अहिले थाहा भइनसकेको बिबिसीले जानकारी दिएको छ।  रुस्दीको उपन्यास ‘सटानिक भर्सेज’ सर्वाधिक विवादास्पदमध्ये एक मानिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here