कीर्तिपुरमा पनि घरबाट कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाइने

119

काठमाडौ । कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गरेर उठाइने भएकाे छ ।

नगरपालिकाकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालनी गरेकाे जनाइन् ।

‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ फोहोर रोकिएको छ । हामीले अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौं । अब कुहिने फोहोर हप्ताको दुई दिन उठ्छ । नकुहिने फोहोर त एक हप्तासम्म नउठ्दा पनि धेरै असर हुँदैन’ उपप्रमुख शाक्यले भनिन् ।

अहिले नगरपालिकामा ४ वटा निजी संस्थाहरुले फोहोर उठाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here