माओवादी केन्द्रको बैठकले स्थायी कमिटीलाई पूर्णता दिने

108

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ। दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने जनाइएको छ।

यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षबिहीन भएको थियो। शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन सकेको थिएन।

प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको बताएका छन्। उनले आजको बैठकले यस विषयलाई टुंग्याउने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here