नारायणी पुलबाट एक युवतीले हाम फालेपछि

48

काठमाडौ । चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी पुलबाट एक युवतीले हाम फालेपछि प्रहरीले खोजी गरिरहेको छ।

चितवन खैरहनी नगरपालिका ७ बस्ने २६ वर्षीय ऋचा उप्रेतीले नदिमा हाम फालेको सूचना आएपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए।

मंगलबार  करिब ३ बजेतिर हाम फालेको सूचना आएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले खोजी गरिरहेको छ। मंगलबार नभेटिएकाले आज पनि खोजी भइरहेको डिएसपी अधिकारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here