लगनखेलमा डेंगु नियन्त्रणका लागि युवा संघले चलायो फगर मेसिन

91

काठमाडौं । बर्खाको समयमा लामुखुट्टेको टोकाइबाट विभिन्न प्रकारका रोग लाग्ने जोखिम हुन्छ। त्यसमध्येको एक हो डेंगु।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा डेंगुका बिरामी देखापरेका छन्। वर्षात्‌को बेला लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने चिकित्सकहरु बताउँछन्।

काठमाडौं उपत्यकामा त झन् सडकमा समेत फोहोर थ्रुपिएको हुँदा लामखुट्टेको टोकाइबाट हुने डेंगुका साथै अन्य सरुवा रोगको पनि जोखिम छ।  यसैबीच युवा संघ नेपालले डेंगुबाट जोगिनका लागि ललितपुरको लगनखेलमा लामखुट्टे मार्न औषधि छर्ने काम गरेको छ। युवा संघले लामखुट्टे मार्नका लागि फगर मेसिनले लगनखेल क्षेत्रमा ‘डिस्इन्फेक्ट’ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here