नेपालका डाक्टर खाना नलीमा अड्किएको हड्डी निकाल्न सफल भए

109

दाङ । घोराहीमा १४ वर्षीय बालिकाको खाना नलीमा अड्किएको हड्डी निकालिएको छ। कुखुराको मासु खाने क्रममा हड्डी अड्किएपछि ती बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। प्रतिष्ठानका फिजिसियन डा रमेश कँडेल नेतृत्वको चिकित्सक तथा नर्सहरूको टोलीले हड्डी निकालेको हो।

इन्डोस्कोपीको सहयोगमा नलीमा अड्किएको हड्डी निकालिएको डा कँडेलले जानकारी दिए। प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार हड्डी निकालिएपछि बालिकाको अवस्थामा सामान्य रहेको र उपचारपछि घर फर्कीसकेकी छन्।

डा कँडेलले मासु राम्रोसँग नचपाएर खादा खानाको नलीमा अड्किन सक्ने भन्दै मासु चपाएर मात्र खान सल्लाह दिएका छन्। उपचार पाएपछि खुसी हुँदै घर फर्किएकी बालिकाले आफ्नो उपचार गरी दिएकोमा प्रतिष्ठानलाई धन्यवाद दिएकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here