यसरी अनलाइनबाट सयौं वर्ष पुरानो ठगि गरियाे

59

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित उन्नावमा बुबा–छोराले देवी–देवताका मूर्ति अनलाइनमा किनेर सयौं वर्ष पुरानो भन्दै भक्तजनलाई ठगेको घटना सार्वजनिक भएको छ ।  उनीहरुले १६९ भारुमा किनेको मुर्तिको सेटलाई पहिले खेतमा गाडेको र गाउँलेलाई बोलाएर खेत खनेर निकालेको भन्दै सयौं वर्ष पुरानो मूर्ति भेटिएको भन्दै प्रचार गरिएको पाइएको छ ।

पाँच सय वर्ष पुरानो मूर्ति भेटिएको हल्ला छिट्टै वरिपरि फैलिन थालेपछि पूजा गर्नेहरुको भिड लाग्यो । दुई दिनमा भक्तजनले ती मूर्तिमा ३५ हजार भारुको भेटी चढाए । तर पछि मूर्ति डेलिभरी गर्ने व्यक्तिले पोल खोलिदिएपछि अहिले ती बाबु  छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा अशोककुमार र उनका दुई छोराहरु रवि तथा विजय गौतम छन् ।  प्रहरीका अनुसार दुई दिनमा मूर्तिलाई फलफूलसहित करिब ३५ हजारको भेटी चढाइएको थियो ।  बाबु र दुवै छोराले पनि पैसाका लागि सबै प्रपन्च रहेको स्वीकारेका छन् ।

खेतबाट हिन्दू देवताका पहेँलो धातुका मूर्तिहरू बाहिर निस्केको खबर पाएपछि एसडीएम र स्टेशन इन्चार्ज पनि घटनास्थल पुगेका थिए । उनले पुरातत्व विभागका अधिकारीलाई खबर गरी अभियुक्त अशोकको घरमा राखिएका मूर्तिहरू ल्याएका थिए । १६९ भारुमा अनलाइन अनलाइन अर्डर गरिएको खुल्यो ।

पाँचसय वर्ष पुरानो मूर्ति खेतमा भेटिएको कुरा अनलाईनमा पनि चर्चा हुन थाल्यो । त्यससम्बन्धि तस्विर मीशोका डेलिभरी म्यान गोरेलनले पनि देखे । उनले लगतै तस्बिर चिनिहाले ।  त्यसपछि उनले उक्त क्षेत्रका प्रहरी इन्चार्जलाई सम्पर्क गरेर मूर्ति अनलाइन अर्डर गरेको बताए ।

गोरेलनले प्रहरी समक्ष भने– ‘मैले यी मूर्तिहरू अशोकको ठाउँमा ल्याएको थिएँ । उनका छोरा रवि गौतमले मेसु कम्पनीबाट १ सय ६९ भारुमा मूर्तिको सेट अनलाइन अर्डर गरेका थिए । मैले यो ती सेट अगस्ट २९ मा उनको घरमा पुर्याएको थिए ।’

डेलिभरी गर्ने व्यक्तिले थप प्रमाणका लागि ती मुर्तिको अनलाइन बुकिङको रसिदहरू पनि देखाएका थिए ।  प्रहरीले पछि शान्ति व्यवस्था भंग गरेको र जनताको विश्वासमा खेलाची गरेको आरोपमा बाबु छोरालाई पक्राउ गरेको सो क्षेत्रका प्रहरी चौकी इन्चार्ज अनुराग सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here