काठमाडौं । बुधबार शेयर बजारमा झिनो अंकको बृद्धि हुँदा ३ अर्ब बढीको कारोबार भयाे। नेप्सेको अनुसार सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको हो । कम्पनीको आज ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसैगरी, नविल बैंकको ४७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्स कम्पनीको २२ करोड ३१ लाख, नेपाल बङलादेश बैंकको २० करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


















