द्वारका पीठका शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको आइतबार निधन भएपछि उत्तराधिकारी घोषित गरिएका छन्। शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वती ज्योतिष पीठ बद्रीनाथ र द्वारक शारदा पीठ दुवैको प्रमुख भएकाले उनको निधनपछि दुवै स्थान रिक्त भएको थियो।
ती दुई स्थानमध्ये स्वामी अविमुक्तेश्वरानंदलाई ज्योतिष पीठ बद्रीनाथ और स्वामी सदानंद सरस्वतीलाई द्वारका शारदा पीठको शंकराचार्य घोषित गरिएको हो। शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको आइतबार दिउँसो ३:३० मा नरसिंघपुरस्थित परमहंसी गंगा आश्रममा भएको हो।

















