प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

50

काठमाडौं । प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको प्रकाशित सूचनामा जनाइएको छ ।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here