आउँदै गरेको चुनावका कारण टी २० लीग २५ मङ्सिरदेखि १६ पुससम्म हुने

69

काठमाडौँ । यही असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने भनिएको नेपाल टी २० लीग २५ मङ्सिरदेखि १६ पुससम्म हुने गरी कार्यतालिका सारिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधवार एक विज्ञप्ति जारी गर्दै निर्धारित मितिमा प्रतियोगिता हुन नसक्ने जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘आउँदै गरेको प्रादेशिक र संघीय चुनावका कारण सुरक्षाको पर्याप्त व्यवस्था नहुने गृहमन्त्रालयको सल्लाहअनुसार प्रतियोगिताको मिति सारिएको हो ।’

भारतको एस थ्री स्पोर्ट्स कम्पनीलाई प्रतियोगिताको आयोजना अधिकार दिइएको भन्दै क्यानकै कार्यसमितिमा चर्को विवाद रहेको अवस्थामा सुरक्षा कारणलाई देखाएर प्रतियोगिताको मिति सारिनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीनसमेत छ ।

अदालतमा विचाराधीन भएको मुद्दालाई बेवास्ता गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टी २० लीग घोषणा गर्न लगाएका थिए ।

प्रतियोगिताका लागि सहभागि सबै ६ फ्रेन्चाइज टिमको घोषणा भइसकेको छ । फारवेस्टर्न युनाइटेड, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स, लुम्बिनी अलस्टार, जनकपुर रोयल्स र काठमाडौं गोर्खाजले प्रतियोगितामा सहभागिता जनाउने तय भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here