गोठाटारमा गोली लागि घाइते भएका लालको मृत्यु

164

काठमाडौँ – काठमाडौंको गोठाटारमा गोली लागी घाइते भएका व्यक्तिको मृत्यु भएको छ। सोमबार साँझ उनीमाथि गोली प्रहार भएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

गोली लागि घाइते सर्लाही सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि ४ गोली प्रहार गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here