अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

43

काठमाडौं ।  मकवानपुर, मनहरी गाउँपालिका-६ लोथरबाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु करिब १ किलो ८ सय ग्राम सहित राक्सिराङ गाउँपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ पुन्यक्षेत्रबाट अवैध लागूऔषध करिब ८० किलोग्राम गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.८ ख २५४२ नम्बरको गाडी चेकजाँच गर्न खोज्दा प्रहरीलाई देखी चालक गाडी छोडेर फरार भएपछि गाडीमा रहेको उक्त गाँजा प्रहरीले बरामद गरेको हो । हाल फरार रहेका गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया तिनकुने चोकबाट अवैध लागूऔषध गाँजा ३२ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुर बस्ने ४१ वर्षीय हिरालाल स्याङतान र ३५ वर्षीया लक्ष्मी मोक्तान रहेका छन् । हेटौंडाबाट सिमरातर्फ जाँदै 4 गरेको ना.१ ह ५८९३ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक हिरालाल र अटोमा सवार लक्ष्मीलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । मोरङ, रंगेली नगरपालिका-७ निचामारी पुलबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ३६ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका-४ गोपी कामत बस्ने २५ वर्षीय अमित कुमार दास र ३५ वर्षीय निलेश कुमार दास रहेका छन् । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले को.३१ प ४४१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त ब्राउन सुगर सहित फेला पारी पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-५ भण्डारा चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ युपी ७८ बीटी ८५७० भारतीय नम्बरप्लेटको ट्रक सोही ठाउँमा छोडेर चालक फरार भएपछि उक्त गाँजा प्रहरीले बरामद गरेको हो । हाल फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here