नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार भन्दा बढी नाघ्याे

54

काठमाडौं । नेपालमा साढे २५ हजार डेंगुको केस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर २४ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमा संक्रमितमध्ये धेरै वागमती प्रदेशमा १९ हजार ९१० केस देखिएको छ ।
लुम्बिनीमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ०४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३ सय ८०, कर्णालमा २ सय ३१ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here