काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ३० जना र एक हजार ५९४ एन्टीजेन परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १०३ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । त्यस्तै, हाल मुलुकमा एक हजार चार जना सक्रिय सङ्क्रमित छन् ।

















