नेपाल  फर्किएका तीन जनामा नयाँ स्वरुपको कोरोना संक्रमण भएको आशंका

76

काठमाडाैं – बेलायतबाट नेपाल  फर्किएका ३ जनामा नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । बेलायतबाट फर्किएका मध्य ८ जनामा कोरोना पुष्टि भएको थियो ।

करिव ८ जना मध्ये ३ जनाका नयाँ स्वरुपको भाइरस संक्रमणको संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जनाए ।

सरकारले ३ जनाको नमुना थप परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ । हाल महामारीको रुपमा फैलिएको कोरोनाभाइरस भन्दा नयाँ स्वरूपको भाइरस तीव्र रुपमा सर्ने अध्ययनहरुले देखाएको छ ।

बेलायतबाट पुस १ गते यता  नेपाल फर्किएका २७७ जना मध्य ८ जनामा कोरोनामा संक्रमण भएको पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here