भाइलाई भेट्न दिल्ली गएकी नेपाली महिला सामूहिक बलात्कारको शिकार

224

 काठमाडौं / काठमाडौंबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा नेपालकी एक २४ वर्षीया महिला दिल्लीमा सामूहिक बलात्कारको शिकार भएकी छिन्। ती महिला चारजना पुरुषबाट बलात्कृत भएकी हुन्।

दिल्ली प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ। ती महिलाले आफूलाई बलात्कार गर्ने पुरुषहरुको नाम पनि प्रहरीलाई दिएकी छिन्। उनले ती पुरुषमध्ये एक जनाको फोन नम्बर पनि प्रहरीलाई दिएकी छिन्। पीडित महिलाले आफू काठमाडौंबाट आएको जानकारी दिएकी थिइन् ।

शनिबार नै दिल्ली पुगेकी उनी दिल्लीबाट मुम्बईको लागि रेल चढ्ने तयारीमा थिइन्। तर उनको मुम्बई जाने रेल छुट्यो। उनले मुम्बई प्रहरीलाई दिएको बयानमा भनिएको छ, म दिल्लीको द्वारका नजिकको एक बजारमा थिएँ। त्यहाँ एकजना पुरुषसँग भेट भयो र उनले मलाई शहरसम्म पुग्नको लागि सहयोग गर्छु भने। पीडित महिलालाई ती पुरुषले केही समय आराम गर्न भन्दै एउटा घरमा लिएर गए। घरमा पुगेपछि ती युवकले उनीमाथि यौन दुर्व्यवहार गर्न थाले।

पछि उनले आफ्ना तीन जना साथीलाई बोलाए र बलात्कार गरे । बलात्कृत भैसकेपछि उनी लरखराउँदै रेलमा चढेर मुम्बईसम्म आइपुगेको प्रहरी अधिकारीले भारतीय सञ्चारमाध्यमलाई जनाएका छन्। घटनाका सबै विवरण र पीडकको फोन नम्बर दिल्ली पुलिसलाई दिएको र दिल्ली पुलिसले नै घटनाको अध्ययन, अनुसन्धान गर्ने ओशिवारा पुलिस थानाका एक प्रहरी अधिकारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here