असोज २५ गते नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन

57

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन यही असोज २५ गतेदेखि कपिलवस्तुमा हुने भएको छ । असाेज ५ गते बुधबार सम्पन नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टीको ९ औं महाधिवेशन असोज २५ देखि ३१ गतेसम्म कपिलवस्तुमा गर्ने निर्णय गरेको सो पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
प्रवक्ता प्रकाण्डले गत असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएको पार्टीको ९ औं महाधिवेशन समय र परिस्थिति नै प्रतिकुल हुन गएकोले केही समय सरेको भन्दै अब असोज २५ देखि ३१ गतेसम्म हुने बताए ।
प्रवक्ता प्रकाण्डले ९ औं महाधिवेशन विचार, राजनीतिक बहसको हिसाबले ऐतिहासिक हुने उल्लेख गर्दै महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको र बाँकी काममा जुट्न सिंगो पार्टी पंक्तिलाई निर्देशन गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here