भारतीय टीमलाई ठूलो झट्का

36

नयाँ दिल्ली । दुई हप्तापछि हुने टी–२० वर्ल्डकपभन्दा ठिक अघि भारतीय टीमलाई ठूलो झट्का लागेको छ । भारतीय टीमका अनुभव तिब्र गतिका बलर जसप्रीत बुमराह वर्ल्डकपबाट बाहिरिएका छन् । बुमराह लामो समयदेखि ढाड दुख्ने समस्याबाट ग्रस्त छन् ।

हालैमात्र बुमराहले भारतमै अस्ट्रेलियाविरुद्धको टी–२० श्रृंखला खेलेका थिए । उक्त श्रृंखलामा बुमराहले दुई वटा खेल खेलेका थिए । त्यसपछि चोटकै कारण उनी दक्षिण अफ्रीकाविरुद्धको टी–२० श्रृंखला खेलेनन् ।

त्यसपछि नै बुमराह वर्ल्डकपबाट बाहिरिएको समाचार सार्वजनिक भएको थियो, यद्यपि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) तथा बोर्डका अध्यक्ष सौरभ गांगुली र कोच राहुल द्रविडले समेत बुमराह अन्तिम अवस्थासम्ममा ठिक हुने अपेक्षा गरेका थिए ।

बीसीसीआईको मेडिकल टीमले बुमराहको परीक्षण गरिएको थियो । अहिले आएर बीसीसीआईले एउटा वक्तव्यमार्फत बुमराहले वर्ल्डकप खेल्न नसक्ने स्पष्ट पारेको हो ।

बीसीसीआईले भनेको छ – ‘बीसीसीआईको मेडिकल टीमले भारतीय तीब्र गतिका बलर जसप्रीत बुमराहलाई टी–२० वर्ल्डकप-२०२२ बाट बाहिर राखेको छ । यो निर्णय सबै प्रकारका परीक्षण तथा विशेषज्ञहरुसंगको परामर्शपछि लिइएको हो । ढाडको चोटका कारण बुहराहले यसअघि दक्षिण अफ्रीकाविरुद्ध जारी टी–२० श्रृंखलाबाट पनि खेलेका थिएनन । अब बीसीसीआईले चा“डै नै वर्ल्डकपका लागि जसप्रीत बुमराहको विकल्पको घोषणा गर्नेछ ।’

टी–२० का लागि भारतीय टीम
रोहित शर्मा (कप्तान), केएल राहुल (उप-कप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुड्डा, ऋषभ पंत (विकेट कीपर), दिनेश कार्तिक (विकेट कीपर), हार्दिक पंड्या, आर। अश्विन, युजवेंद्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल, अर्शदीप सिंह ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here