शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त

310

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आइतबार सामाजिक सञ्जाल ट्विट मार्फत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले भन्नुभएको छ, “शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु।

उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहनेछ।” प्रधानमन्त्री देउवाले मृतक जोशीको आत्माको चिर शान्तिको कामना गर्नुहुँदै उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here