चितवनमा डेंगु संक्रमितको संख्या दुई हजार नाघ्याे

92

चितवन ।  जिल्लामा डेंगु संक्रमितको संख्या दुई हजार नाघेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार १६४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ। आठ हजार ८५३ जनामा परीक्षण गर्दा दुई हजार १६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार ४५१ चितवनका छन्। ८२२ पुरुष र ६२९ महिला छन्। ४५४ संक्रमित अन्य जिल्लाका हुन् भने २५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ। चितवनमा यो अवधिमा संक्रमणबाट तीन जनाको ज्यान गएको छ।

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाका रहेका छन्। भरतपुरमा हालसम्म ५५९ पुरुष र ४१९ महिला गरी ९७८ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ।

यस्तै खैरहनी नगरपालिकामा १२४, माडीमा २८, रत्ननगरमा १९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा संक्रमण देखिएको केसीले जानकारी दिए। इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here