भुवन केसीकाे तेस्राे विवाह सम्पन्न

138

अभिनेता भुवन केसीको व्यक्तिगत र व्यवसायिक जीवन खुल्ला किताब झैं छ । उनको व्यक्तिगत जीवनमा के भए र व्यवसायिक जीवन कस्तो रह्यो, सम्भवतः अनविज्ञ कोही छैनन् ।

कलाकारको रुपमा अत्यन्त सफल मानिने उनको व्यक्तिगत जीवन भने सुखद् रहेन । उनको दुई विवाह टिक्न सकेन । उनको जेठी श्रीमतीबाट दुई सन्तान र कान्छी श्रीमतीबाट एक सन्तान (अनमोल) छन् ।

दुई विवाह टुंगिएपछि भुवन ७/८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा छन् । तर, दुवैले रीति-रिवाजअनुसार विवाह गरेका छैनन् । अब भने भुवन जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने योजनामा छन् ।

अर्थात्, उनले जीयासँग विवाह बन्धनमा बाँधिने तयारी गरेका छन् । यतिबेला जीयाको साथमा अमेरिकामा रहेका भुवनले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन् । अन्तर्वार्तामा जीयाको नाम नलिएपनि केसीले निर्णायक मोड दिने सोचमा आफू र रहेको र त्यसमा परिवार पनि सकारात्मक रहेको बताए ।

उनले जीयाको नाम नलिई विवाहतर्फ संकेत गर्दै भनेका छन्, ‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं । उहाँ (जीया केसी) ले मलाई साथ दिनु हुन्छ । उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ । अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु । परिवार सकारात्मक हुनुहुन्छ । र, चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।’

चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका केसीले आफ्नो अघिल्ला दुई विवाह नविग्रियोस् भन्ने चाहेको भए पनि त्यसमा आफू सफल हुन नसकेको बताएका छन् । राम्रो होस् भन्ने चाहना हुँदा-हुँदै पनि राम्रो हुन नसकेकोमा केसी दुखि छन्।

उनी भन्छन्, ‘कसैले आफ्नो व्यक्तिगत जीवन विग्रियोस् भन्ने चाहँदैन । तर, एक हातले मात्र पनि त ताली बज्दैन । त्यो मामलामा म भाग्यमानी रहेनछु । मेरो परिवार राम्रो होस् भन्ने चाहना हुँदा-हुँदै पनि राम्रो हुन सकेन ।’

उनले आफ्नो पहिलो विवाह २० वर्षको उमेरमा भएको र पहिलो श्रीमतीसँग छुटिएर बसेको २०/२५ वर्ष भइसकेको बताए । तर, पहिलो श्रीमतीसँग अहिले पनि भेटघाट र बोलचाल हुने गरेको उनको भनाई छ ।

दोस्रो श्रीमतीसँग भने भेटघाट र बोलचाल नहुने गरेको भुवन बताउँछन् । तर, आफूलाई अनमोल जस्तो अनमोल छोरा दिएकोमा कान्छी श्रीमतीप्रति उनी सम्मान प्रकट गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here