बुटवल । रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनको समर्थन पाएसँगै राष्ट्रिय जनमुक्ति पार्टीले जिल्लाका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारी निष्क्रिय बनाएको छ ।
रुपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । उक्त ठाउँमा एमालेका विष्णु पौडेल उम्मेदवार छन् ।
सत्ता गठबन्धनले थापालाई समर्थन गरेवापत जनमुक्तिले रुपन्देही १ मा डिबी थापा, रुपन्देही–३ मा मोजिव अलि, रुपन्देही–४ मा जवाहर अली र रुपन्देही ५ मा भैरव बहादुर थापाको उम्मेदवारी निष्क्रिय पारेको हो ।
यस्तै रुपन्देही–१(१) कि विमला गुरुङ, १(२)का छत्रबहादुर दर्लामी र ३(२)का मीनबहादुर पल्लीको उम्मेदवारी पनि निष्क्रिय पार्ने जनमुक्ति पार्टीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

















