जुद्धसालिक नजिकै एक पुरुष मृत फेला

45

काठमाडौं । काठमाडौंको न्युरोडस्थित जुद्धसालिक नजिकै आज बिहान मृत फेला परेका एक पुरुषको टाउकोमा चोट देखिएको छ । अन्दाजी ४४–४५ वर्षीय उनको मृत्यु शंकास्पद देखिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेश मैनालीले शव शंकास्पद देखिएको बताए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । “निधारमा चोट देखिएको छ । अनुसन्धान भइरहेको छ,” एसपी मैनालीले बाह्रखरीसित भने ।

घटनास्थलमा काठको फ्रेम पनि फेला परेको प्रहरीले जनाएको छ । उनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

केन्द्रीय प्रहरी कार्यालय महाराजगन्जबाट तालिमप्राप्त कुकुर समेतको प्रयोग गरी संलग्न व्यक्तिको पहिचान तथा खोजीकार्य सुरु गरिएको एसपी मैनालीले बताए ।

शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here