पु्र्व प्रम ओलीले त्रिपुरेश्वमा रहेकाे महादेव मन्दिरको दर्शन गरे

154

काठमाडाैं  ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वमा रहेकाे महादेव मन्दिरको दर्शन गर्नुभएको छ ।

बुधवार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरमा रहेकाे महादेव मन्दिरको दर्शन गर्नुभएको हो । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गर्नुभएको हाे ।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाण्डौका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएसँगै ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर महादेव मन्दिर पुग्नुभएको बताइएको छ ।

यसअघि गएकाे साउन १६ गते अध्यक्ष ओलीले पशुपतिको गंगा आरतीमा सहभागिता जनाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here