कोरोना सङ्क्रमित २५ जना थपिए

49

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८४५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो।

९८३  जनाको पीसीआर परीक्षण गर्दा २२ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २८ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सङ्क्रमितको मृत्युदर शून्य रहेको छ भने  ५५ हजार २४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।  हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७९ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here