काठमाडौं । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। नेप्से उकालो लागेपनि कारोबार रकम भने मंगलबारको तुलनामा ओरालो लाग्यो।
आज ८५ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब २३ रोड बढिको सेयर खरिदबिक्री भएको थियो। नेप्से १३.४० अंकले बढेर १९११.२६ विन्दुमा पुगेपनि कारोबार रकम १ अर्बबाट झरेर ८५ करोड ९४ लाखमा खुम्चियो। आज २३२ कम्पनीको २४ लाख ९५ हजार ६१२ कित्ता सेयर १७ हजार ७०२ पटकको कारोबारमा किचबेच भयो।
सिकलेस हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। गणपति लघुवित्ती वित्तीयको मूल्य ७.७१ प्रतिशतले मूल्य बढ्यो। यसदिन कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्षस्थानमा रहयो। सो कम्पनीको ६ करोड ३३ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड मूल्य बढिको सेयर कारोबार भयो।


















