एजेन्सी । आइतबारदेखि सुरु हुने फिफा विश्वकपको उद्घाटनका लागि कतारले सबै तयारी पूरा गरिसकेको छ।
उद्घाटन समारोहमा विश्वकपका असामान्य क्षणहरु देखाइनेछ। ती क्षणमा रोनाल्डो र म्यारोडोनाले खेलेका खेलहरुको दृश्य देखाइनेछ।
यो पटकको विश्वकपको उद्घाटनमा पेले, म्याराडोनलाई देख्न पाइनेछैन। पेलेले १९५८ मा पहिलो पटक विश्वकपको उपाधि उचालेका थिए। स्वास्थ्यमा समस्या आएका कारण उनी यो पटक कतार पुग्ने छैनन्। उनको भिडियो सन्देश भने देखाइनेछ।
विश्वकपको उद्घाटनमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह कोलम्बियाली गायिका शकिरा, जे बाल्भिन, नाइजेरियन गायक तथा गीतकार प्याट्रिक ओकारी, नाइजेरियाली कलाकार किज डेनियलसँगै स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।
उनीहरुसँगै अमेरिकन गायक लिल बेबीले पनि आफ्नो प्रस्तुति दिनेछन्। बेबीले विश्वकप २०२२ को एन्थम गीत द वल्र्ड इज योर्स टु टेक गाएका थिए। जुन यो अफिसियल गीतमा मनाल र रहमासँगै फतेही पनि देखिएका छन्।
यसअघि जुन–जुलाइमा विश्वकव आयोजना हुँदै आएपनि कतारको मौसमलाई मध्यनजर गर्दै पहिलो पटक नोभेम्बर डिसेम्बरमा विश्वकप आयोजना गर्न लागिएको हो।


















