काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ विजयकुमार शाह व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन् । जावलाखेल डिस्टिलरीका अध्यक्ष शाह कर दिवस समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् ।
आन्तरिक राजस्व विभागले सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ ।
ओसीबी फुड्स प्रालि कृषि एवम् पशुपन्छी आयकरदाता बनेको छ । छिमेक लघुवित्त सहकारी तथा लघुवित्त आयकरदाता र नबिल बैंक तथा वित्तीय संस्थातर्फको ठूलो आयकरदाता ठहर भएको छ ।
मद्यमस्तरीय करदातामा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र रेमिटेन्स कम्पनीमा आईएमई लिमिटेड उत्कृष्ट ठहरिएको छ ।


















