विभिन्न धनमाल चोरी

42

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१० कपन विवेकचोक डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका-११ घर भएका भोलामणि हार्तम्छाली राईको कोठाबाट नगद २३ हजार रूपैयाँ, सुन, हिरामोती जडित विभिन्न गरगहना समेत गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here