प्रचण्ड सरकार जनताको जीवन बदल्न दृढ संकल्पित

44

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउन दृढ संकल्पित रहेको बताएका छन्।

माझी समुदायले फागुनको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सरकार जनताको जीवन बदल्न दृढ संकल्पित रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्‍था बदल्न दृढ संकल्पित छ।’ प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय,सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न अपील समेत गरेका छन्।

चाड पर्वले नयाँ उमंग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यो पर्वले माझी जाति र अन्य समुदायको सम्बन्धलाई थप उजागार र स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here