यस्ताे छ आजकाे सुनचाँदी कारोबार

59
काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ। सोमबार १ लाख १ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य आज स्थिर रहँदै सोही मुल्यमा नै कारोबार भईरहेको हो।

तेजावी सुनको भाउ पनि आज स्थिर रहँदै प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहदै प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दश ग्राम छापावाल सुनको मुल्य ८७ हजार २ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८६ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ७६ रुपैयाँ कायम गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here