विश्वकपमा सेनेगलले आयाेजक कतारलाई ३-१ गाेलले पराजित

29

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा सेनेगलले कतारलाई पराजित गरेको छ।  शुक्रबार कतारको अल थुमामा स्टेडियममा भएको खेलमा कतारलाई ३–१ गोलको अन्तरले पराजित गर्दै सेनेगलले जारी विश्वकपमा पहिलो जित दर्ता गरेको हो।   बोउलाए डियाले खेलको ४१ औँ मिनेटमा गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४८ औँ मिनेटमा फामिरा डाइधिओले गोल गर्दै सेनेगलको अग्रता दोब्बर पारेका थिए।  कतारका मुहमद मुन्तारीले खेलको ७८ औँ मिनेटमा एक गोल फर्काए।  बाम्बा डिङले खेलको ८४ औँ मिनेटमा सेनेगलका लागि तेस्रो गोल गरेका थिए।  कतारको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा कतार इक्वेडरसँग २–० ले पराजित भएको थियो।  सेनेगल भने पहिलो खेलमा नेदरल्याण्ड्ससँग २–० ले पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here